NDIS को बारेमा
NDIS (National Disability Insurance Scheme (राष्ट्रिय अशक्तता बीमा योजना)) अशक्तता सहायता सेवाहरूको लागि एक वित्तिय सहयता योजना हो। NDIS ७ देखि ६५ वर्ष सम्मका उमेर समूहका व्यक्तिहरूलाई समयसँगै उनीहरूको सीप र स्वतन्त्रताको सुधार हुन आवश्यक पर्ने सहायता प्राप्त गर्न मद्दत गर्नका लागि डिजाइन गरिएको हो।
यस वेबसाइटमा तपाईंले NDIS के हो, यसले केमा लगानी गर्दछ तथा के प्रदान गर्दछ, को योग्य छ र NDIS कसरी पहुँच गर्ने भन्ने बारेमा संसाधनहरु फेला पार्नुहुनेछ।
MiAccess को बारेमा
MiAccess तपाईंलाई उपयोगी तथा सान्दर्भिक जानकारी सजिलै सँग पहुँच गर्नको लागि डिजाइन गरिएको छ। यो वेबसाइट अंग्रेजी वा अन्य भाषामा हेर्न सकिन्छ। तपाईंले MiAccess आफ्नो कम्प्युटर र मोबाइल उपकरणमा प्रयोग गर्न सक्नुहुन्छ।
यस वेबसाइटमा भएका संसाधनहरू भाषा, विषय, वा संसाधनका प्रकारबाट पहुँच गर्न सकिन्छ।