fbpx

MiAccess अशक्तता र राष्ट्रिय अशक्तता बीमा योजना (NDIS) को बारेमा उच्च-गुणस्तरसहित अनुवाद गरिएका जानकारीहरुलाई एकैठाउँमा उपलब्ध गराउने एक वेबसाइट हो।

उद्देश्य

MiAccess को उद्देश सांस्कृतिक तथा भाषिक रूपमा विविध (CALD) पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरूलाई दुबै अशक्तताको वातावरण बुझ्न तथा NDIS को पहुँच गर्न आवश्यक हुने जानकारीहरूको पहुँच गर्न सूचना दिनु तथा सशक्तिकरण गर्नु हो।

यसको विकास कसरी भयो?

यो वेबसाइट  CALD पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरुसँगको परामर्शमा विकसित गरिएको हो। कुनै पनि नयाँ संसाधनको विकासमा उपभोक्ताको संलग्नताले CALD दर्शकहरुको लागि सान्दर्भिकता तथा उपयुक्तता दुबै सुनिश्चित गर्दछ।

यो कसरी काम गर्दछ?

यो वेबसाइट जानकारी मूलक तथा पहुँच गर्न सजिलो हुने गरी डिजाइन गरिएको छ। यो वेबसाइट तपाईंको कम्प्युटर वा मोबाइल उपकरणमा अंग्रेजी वा अंग्रेजी बाहेक अन्य १५ भाषाहरुमा हेर्न सकिन्छ।

५० भन्दा बढी भाषाहरुमा अनुवादित संसाधनहरुलाई भाषा, विषय र संसाधनका प्रकारबाट खोज्न सकिन्छ।

  • अरबी
  • सरलीकृत चिनियाँ
  • परम्परागत चिनियाँ
  • दारी
  • हजाराघी
  • खमेर
  • कोरियाली
  • नेपाली
  • फारसी
  • पन्जावी
  • स्पानिस
  • थाइ
  • तुर्किश
  • उर्दू
  • भियतनामी

MiAccess कसरी प्रयोग गर्ने भनेर सिक्न यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया

हामी यस वेबसाइटमा तपाईंको प्रतिक्रिया, टिप्पणी वा सुझावहरू स्वागत गर्दछौं।

CALD पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरुको जानकारी र’ सेवाहरुमा पहुँच र समता बढाउनका लागि हामी नयाँ अनुवादित र अंग्रेजी भाषाका संसाधहरुको साथ नियमित रुपमा वेबसाइट अपडेट गर्दछौं।