fbpx

वेबसाइटको बारेमा सामान्य जानकारीहरू प्रश्न र उत्तरको ढाँचामा प्रस्तुत गरिएको छ। यदि तपाईंसँग कुनै प्रश्नहरू छन् जुन तपाईंलाई यो खण्डमा समावेश गर्न महत्त्वपूर्ण छ भन्ने लाग्छ भने, कृपया info@miaccess.com.au मा सम्पर्क गर्नुहोस्।

सामान्य प्रश्नहरू

‘बहुभाषिक जानकारी पहुँच’ को छोटो, MiAccess , एक उद्देश्य-निर्मित वेबसाइट हो जसले पहुँच योग्य र भाषा समर्थित प्लेटफर्ममा अशक्तता, CALD समुदाय र NDISको बारेमा जानकारीको मात्रा बढाउन खोज्छ।

सी.ए.एल.डि. पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरू, उनीहरूको हेरचाहकर्ताहरू र उनीहरूसँग अन्तरक्रिया गर्ने विभिन्न प्रकारका मध्यस्थहरूको लागि अनुवादित जानकारीको उपलब्धता बढाउनको निम्ति MiAccess को विकास गरिएको छ। यसरी वेबसाइटका धेरै दर्शकहरु हुनेछन् तर यसको मुख्य ध्यान अशक्तता भएका व्यक्तिहरूको लागि उच्च गुणस्तर र राम्रो अनुवादित सामग्रीहरू प्रदान गर्नमा छ।

MiAccess  हाल सामाजिक सेवा विभागद्वारा व्यवस्थित गरिएको NDIS को सूचना, जानकारी तथा क्षमता अभिवृद्धि (Information, Linkages and Capacity Building) कार्यक्रम अन्तर्गतको वित्तपोषणमा सांस्कृतिक दृष्टिकोणद्वारा विकसित गरिएको छ। जानकारीहरु हालसालैको छ र सी.ए.एल.डि. पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरू र उनीहरूको हेरचाहकर्ताहरूको आवश्यकतासँग सान्दर्भिक राखिएको छ भनेर सुनिश्चित गर्ने भूमिका पनि सांस्कृतिक दृष्टिकोणको रहेको छ।

‘CALD’ शब्दको अर्थ ‘सांस्कृतिक तथा भाषिक रूपमा विविध’ हो। यो पहिलो भाषा र सांस्कृतिक पृष्ठभूमि अङ्ग्रेजी नभएको व्यक्तिहरूको लागि सामूहिक शब्दको रूपमा प्रयोग गरिन्छ।

NDIS को अर्थ ‘राष्ट्रिय अशक्तता बीमा योजना’ हो। NDIS अष्ट्रेलियन सरकारको योजना हो जसले अशक्ततासँग सम्बन्धित खर्चहरूको लागि वित्त उपलब्ध गराउँछ। अशक्तता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता अनुसार मूल्यांकन गरिन्छ र यदि उनीहरूले मापदण्ड पूरा गर्छन् भने, उनीहरूलाई वित्त पोषित NDIS योजना जारी गरिन्छ।

NDIS सेवाहरू पहुँच गर्ने बारेमा थप जानकारीको लागि, कृपया ‘NDISको बारेमा’ पृष्ठमा जानुहोस्: https://www.ndis.gov.au/about-us

MiAccess  एक अनलाइन प्लेटफर्म हो जहाँ तपाईं अशक्तता र NDISको बारेमा अनुवादित संसाधनहरू फेला पार्न सक्नुहुन्छ। तपाईंले यस वेबसाइटमा तपाईंलाई आवश्यक संसाधनहरू फेला पार्नको लागि सर्च फंग्सनहरू (search functions) प्रयोग गर्न सक्नुहुन्छ। थप जानकारी र निर्देशनहरूको लागि, यहाँ जानुहोस्: MiAccess प्रयोग गर्दा।

छ, MiAccess  वेबसाइट स्क्रिन रिडरहरुसँग कम्प्याटिबल हुने गरी डिजाइन गरिएको छ। यो वेबसाइट वेब कन्टेन्ट एक्सेसिबिलिटि गाइडलाइन्स (Web Content Accessibility Guidelines; WCAG) 2.0AA अनुसार विकास गरिएको छ।

MiAccess ले अनुवादित संसाधनहरू उत्पादन गर्ने संगठनहरूद्वारा उपलब्ध गराएका अनुवादित संसाधनहरू समावेश गर्दछ। केही संसाधनहरू मान्यता प्राप्त अनुवादकहरूद्वारा MiAccess को लागि सांस्कृतिक दृष्टिकोणहरूद्वारा अनुवाद र जाँच गरिएको थियो।

नयाँ संसाधनहरूलाई एउटै अनुवाद प्रक्रियाबाट गुज्रनु अघि CALD पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरूसँग सह-डिजाइन गरिएको छ।

हाम्रो मोबाइल वेब एप (एप्लिकेशन) तपाईंलाई “मोबाइल वेब एप्लिकेशन डाउनलोड” बटन क्लिक गर्न र आफ्नो मोबाइल उपकरणमा यसलाई इन्स्टल गर्नका लागि कदमहरू अनुसरण गर्न डिजाइन गरिएको छ।

पर्दैन। MiAccess ले विभिन्न भाषाहरूमा नि: शुल्क डाउनलोड गर्न र नि: शुल्क सेयर गर्न संसाधनहरू प्रदान गर्दछ।

सक्नुहुन्छ, MiAccess  सबै उपकरणहरूसँग सङ्गत हुने गरी डिजाइन गरिएको छ।

यदि तपाईं आफ्नो अनुवादित संसाधनहरू हामीसँग सेयर वा छलफल गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई संसाधनहरूको बारेमा सल्लाह दिनका लागि सम्पर्क फारमको प्रयोग गर्नुहोस् वा विवरणहरूको साथ info@miaccess.com.au मा ईमेल गर्नुहोस्।

कृपया हाम्रो सम्पर्क फारम मार्फत हामीलाई सम्पर्क गर्नुहोस्: https://miaccess.com.au/contact/