Skip to main content
Download mobile web application
Search
Close
गृहपृष्ठ
MiAccess को बारेमा
MiAccess प्रयोग गर्दा
बारम्बार सोधिने प्रश्नहरु (FAQs)
NDIS को बारेमा
NDIS अशक्तता क्षेत्रहरू
????????? ????? ??????? (Acquired brain injury; ABI)
कहिलेकाहीं एक्वायर्ड ब्रेन इन्जुरी भनिने, ब्रेन इन्जुरीले जन्मपछि मस्तिष्कमा हुने कुनै पनि क्षतिलाई वर्णन गर्दछ। यो क्षति कुनै दुर्घटना वा ट्रमा, स्ट्रोक, रोग वा संक्रमण, वा मादकपदार्थ र अन्य लागूपदार्थको कारण हुन सक्छ। किनकी कुनै दुई व्यक्ति एउटै हुँदैनन्, हरेक ब्रेन इन्जुरी पनि यसको असरमा फरक हुन सक्छ।
??????? ???????
बौद्धिक अशक्तता वा कमजोरीहरू वयस्क हुनुभन्दा अगाडि नै विकसित हुन्छन् र यसले एक व्यक्तिको सिक्ने, कुराकानी गर्ने, जानकारी राख्ने र काम वा फुर्सदका क्रियाकलापहरू गर्ने क्षमतामा असर गर्न सक्छ। बौद्धिक अशक्तताको हल्का, मध्यम, गम्भीर र गहिरो स्तरका श्रेणीहरू आई.क्यू. स्कोरको आधारमा परिभाषित गरिन्छ। यदि कुनै व्यक्तिको आई.क्यू. ७० भन्दा कम छ भने उसलाई बौद्धिक अशक्तता भएको भनेर वर्गीकृत गरिन्छ।
?????????? ???
मेरुदण्डको चोट (spinal cord injury) भनेको त्यो हो जसमा मेरुदण्डमा क्षति पुगेका कारण यसले काम गर्न छोड्छ। यो लडेर, स्पाइना बिफिडा, स्ट्रोक वा अन्य पीठ्युं र मेरुदण्डको अवस्था जस्ता ट्रमाको परिणामको रूपमा घट्न सक्छ। प्याराप्लेजियाले छातीमुनिको कार्यक्षमता गुमाउने अवस्थालाई बुझाउँछ भने क्वाड्रिप्लेजियाले घाँटीमुनिको कार्यक्षमता गुमाउने अवस्थालाई बुझाउँछ।
????? (Autism)
अटिजमलाई अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism spectrum disorder) भनेर पनि बुझिन्छ। यो एक विकासात्मक समस्या हो जुन सबै लिंग, संस्कृति र समुदायहरूमा देखा पर्दछ। अटिजमले एक व्यक्तिले कसरी सिक्छ र उसले अरू र आफ्नो वरपरको परिवेशसँग कसरी अन्तरक्रिया गर्छ भन्ने कुरामा असर गर्छ। अटिजम स्पेक्ट्रमका सबै व्यक्तिहरू नौलो र फरक हुन्छन्।
??????? ??????????? (Multiple sclerosis)
मल्टिपल स्क्लेरोसिस केन्द्रीय स्नायु प्रणालीको एक अवस्था हो जसले मस्तिष्क र मेरुदण्ड भित्रका स्नायुप्रवाहहरूमा र अप्टिक स्नायुहरूमा हस्तक्षेप गर्दछ। स्क्लेरोसिसले ती खतहरूलाई बुझाउँदछ जुन तिनीहरूको विकासको क्षेत्रको आधारमा विभिन्न लक्षणहरूमा प्रकट हुने अवस्थाको कारणले गर्दा हुन्छन्।
??????????? (stroke)
धमनी (आर्टरी) हरूको माध्यमबाट मस्तिष्कसम्मको रगत आपूर्ति अवरुद्ध हुँदा स्ट्रोक हुन सक्छ। धमनीहरू अवरुद्ध वा फुटेका कारण रगत अवरुद्ध हुन सक्छ वा चल्न बन्द हुन सक्छ। जब मस्तिष्कका कोष (सेल) हरूले पर्याप्त मात्रामा अक्सिजन र पोषक तत्वहरू प्राप्त गर्दैनन्, तिनीहरू मर्छन्।
???????? ?????? (Cerebral palsy)
सेरेब्रल पाल्सी एक शारीरिक अशक्तता हो जसले चाल (movements) र आसन (posture) लाई असर गर्दछ। यो एक जीवनभर हुने एक स्थायी अवस्था हो, तर सामान्यतया यो समयसँग अझ खराब हुँदै जाँदैन। सेरेब्रल पाल्सी ले शरीरको चाल, मांसपेशीको नियन्त्रण, मांसपेशीको समन्वय, मांसपेशीको टोन, रिफ्लेक्स, पोस्चर र सन्तुलनलाई असर गर्दछ। मस्तिष्क पक्षाघात भएका व्यक्तिहरूमा दृष्टि, सिकाइ, श्रवण, बोली, मिर्गी र बौद्धिक कमजोरीहरू पनि हुन सक्छ।
?????????? (Psychosocial) ???????
मनोसामाजिक अशक्तता मानसिक स्वास्थ्य समस्याबाट उत्पन्न हुन सक्ने अशक्ततालाई वर्णन गर्न प्रयोग गरिने शब्द हो। मनोसामाजिक अशक्तता निदानको बारेमा नभई मानसिक स्वास्थ्य अवस्थाका साथ बाँचिरहेका व्यक्तिले सामना गर्नु पर्न सक्ने अवरोधहरूमा कार्यात्मक प्रभावको बारेमा हो।
?????????
दृष्टिदोष भनेको कुनै पनि प्रकारको दृष्टि हानिको वर्णन गर्न प्रयोग गरिने शब्द हो, चाहे त्यो अलिकति पनि देख्न नसक्ने व्यक्ति होस् वा आंशिक दृष्टि हानि भएको व्यक्ति होस्।
संसाधन खोज्नुहोस्
सेवाप्रदायक खोज्नुहोस्
CALD समुदायहरुमा अशक्तता
अशक्तताको सामाजिक नमुना
Choose Languages
Download mobile web application
NDIS Information and Resources
Home
NDIS Information and Resources
Share this page
Print this page
Back to “Previous page”
Find Resources
रािÕůय असĉता बीमा योजना (National Disability Insurance Scheme) के हो ?
Back to top
MiAccess 2024
|
Privacy Policy
Built by
Whitetower Digital