Skip to main content
मोबाइल वेब एप्लिकेसन डाउनलोड गर्नुहोस्
खोजी गर्नुहोस्
बन्द गर्नुहोस्
गृहपृष्ठ
MiAccess को बारेमा
MiAccess प्रयोग गर्दा
बारम्बार सोधिने प्रश्नहरु (FAQs)
संसाधन खोज्नुहोस्
सेवाप्रदायक खोज्नुहोस्
NDIS को बारेमा
NDIS अशक्तता क्षेत्रहरू
एक्वायर्ड ब्रेन इन्जुरी (Acquired brain injury; ABI)
कहिलेकाहीं एक्वायर्ड ब्रेन इन्जुरी भनिने, ब्रेन इन्जुरीले जन्मपछि मस्तिष्कमा हुने कुनै पनि क्षतिलाई वर्णन गर्दछ। यो क्षति कुनै दुर्घटना वा ट्रमा, स्ट्रोक, रोग वा संक्रमण, वा मादकपदार्थ र अन्य लागूपदार्थको कारण हुन सक्छ। किनकी कुनै दुई व्यक्ति एउटै हुँदैनन्, हरेक ब्रेन इन्जुरी पनि यसको असरमा फरक हुन सक्छ।
सेरेब्रल पाल्सी (Cerebral palsy)
सेरेब्रल पाल्सी एक शारीरिक अशक्तता हो जसले चाल (movements) र आसन (posture) लाई असर गर्दछ। यो एक जीवनभर हुने एक स्थायी अवस्था हो, तर सामान्यतया यो समयसँग अझ खराब हुँदै जाँदैन। सेरेब्रल पाल्सी ले शरीरको चाल, मांसपेशीको नियन्त्रण, मांसपेशीको समन्वय, मांसपेशीको टोन, रिफ्लेक्स, पोस्चर र सन्तुलनलाई असर गर्दछ। मस्तिष्क पक्षाघात भएका व्यक्तिहरूमा दृष्टि, सिकाइ, श्रवण, बोली, मिर्गी र बौद्धिक कमजोरीहरू पनि हुन सक्छ।
बौद्धिक अशक्तता
बौद्धिक अशक्तता वा कमजोरीहरू वयस्क हुनुभन्दा अगाडि नै विकसित हुन्छन् र यसले एक व्यक्तिको सिक्ने, कुराकानी गर्ने, जानकारी राख्ने र काम वा फुर्सदका क्रियाकलापहरू गर्ने क्षमतामा असर गर्न सक्छ। बौद्धिक अशक्तताको हल्का, मध्यम, गम्भीर र गहिरो स्तरका श्रेणीहरू आई.क्यू. स्कोरको आधारमा परिभाषित गरिन्छ। यदि कुनै व्यक्तिको आई.क्यू. ७० भन्दा कम छ भने उसलाई बौद्धिक अशक्तता भएको भनेर वर्गीकृत गरिन्छ।
मनोसामाजिक (Psychosocial) अशक्तता
मनोसामाजिक अशक्तता मानसिक स्वास्थ्य समस्याबाट उत्पन्न हुन सक्ने अशक्ततालाई वर्णन गर्न प्रयोग गरिने शब्द हो। मनोसामाजिक अशक्तता निदानको बारेमा नभई मानसिक स्वास्थ्य अवस्थाका साथ बाँचिरहेका व्यक्तिले सामना गर्नु पर्न सक्ने अवरोधहरूमा कार्यात्मक प्रभावको बारेमा हो।
मस्तिष्कघात (stroke)
धमनी (आर्टरी) हरूको माध्यमबाट मस्तिष्कसम्मको रगत आपूर्ति अवरुद्ध हुँदा स्ट्रोक हुन सक्छ। धमनीहरू अवरुद्ध वा फुटेका कारण रगत अवरुद्ध हुन सक्छ वा चल्न बन्द हुन सक्छ। जब मस्तिष्कका कोष (सेल) हरूले पर्याप्त मात्रामा अक्सिजन र पोषक तत्वहरू प्राप्त गर्दैनन्, तिनीहरू मर्छन्।
अटिजम (Autism)
अटिजमलाई अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism spectrum disorder) भनेर पनि बुझिन्छ। यो एक विकासात्मक समस्या हो जुन सबै लिंग, संस्कृति र समुदायहरूमा देखा पर्दछ। अटिजमले एक व्यक्तिले कसरी सिक्छ र उसले अरू र आफ्नो वरपरको परिवेशसँग कसरी अन्तरक्रिया गर्छ भन्ने कुरामा असर गर्छ। अटिजम स्पेक्ट्रमका सबै व्यक्तिहरू नौलो र फरक हुन्छन्।
कमजोर श्रवण शक्ति
कमजोर श्रवण शक्ति, बहिरोपन वा श्रवण शक्ति गुमाउनु भन्नाले ध्वनिहरू सुन्न पूर्ण वा आंशिक रूपमा भएको अक्षमतालाई जनाउँदछ। श्रवण शक्ति थोरै देखि निकै गहनरूपमा गुमाउन सकिन्छ। हल्का श्रवण शक्ति गुमाउँदा बोली बुझ्न गाह्रो हुन सक्छ, मध्यम स्तरको बहिरोपनलाई श्रवण सहायता (हेयरिङ्ग एड) को आवश्यकता पर्न सक्छ भने केही व्यक्तिहरू गम्भीर रुपमा बहिरा हुन्छन् र साङ्केतिक भाषा मार्फत कुराकानी गर्छन्।
मल्टिपल स्क्लेरोसिस (Multiple sclerosis)
मल्टिपल स्क्लेरोसिस केन्द्रीय स्नायु प्रणालीको एक अवस्था हो जसले मस्तिष्क र मेरुदण्ड भित्रका स्नायुप्रवाहहरूमा र अप्टिक स्नायुहरूमा हस्तक्षेप गर्दछ। स्क्लेरोसिसले ती खतहरूलाई बुझाउँदछ जुन तिनीहरूको विकासको क्षेत्रको आधारमा विभिन्न लक्षणहरूमा प्रकट हुने अवस्थाको कारणले गर्दा हुन्छन्।
मेरुदण्डको चोट
मेरुदण्डको चोट (spinal cord injury) भनेको त्यो हो जसमा मेरुदण्डमा क्षति पुगेका कारण यसले काम गर्न छोड्छ। यो लडेर, स्पाइना बिफिडा, स्ट्रोक वा अन्य पीठ्युं र मेरुदण्डको अवस्था जस्ता ट्रमाको परिणामको रूपमा घट्न सक्छ। प्याराप्लेजियाले छातीमुनिको कार्यक्षमता गुमाउने अवस्थालाई बुझाउँछ भने क्वाड्रिप्लेजियाले घाँटीमुनिको कार्यक्षमता गुमाउने अवस्थालाई बुझाउँछ।
दृष्टिदोष
दृष्टिदोष भनेको कुनै पनि प्रकारको दृष्टि हानिको वर्णन गर्न प्रयोग गरिने शब्द हो, चाहे त्यो अलिकति पनि देख्न नसक्ने व्यक्ति होस् वा आंशिक दृष्टि हानि भएको व्यक्ति होस्।
संसाधन खोज्नुहोस्
सेवाप्रदायक खोज्नुहोस्
संसाधन खोज्नुहोस्
सेवाप्रदायक खोज्नुहोस्
CALD समुदायहरुमा अशक्तता
अशक्तताको सामाजिक नमुना
संसाधन खोज्नुहोस्
सेवाप्रदायक खोज्नुहोस्
भाषा चयन गर्नुहोस्।
मोबाइल वेब एप्लिकेसन डाउनलोड गर्नुहोस्
एन.डी.आई.एस. (NDIS) सम्बन्धी जानकारी तथा संसाधनहरू
गृहपृष्ठ
एन.डी.आई.एस. (NDIS) सम्बन्धी जानकारी तथा संसाधनहरू
यो पृष्ठ सेयर गर्नुहोस्
यो पृष्ठ प्रिन्ट गर्नुहोस्
"अघिल्लो पृष्ठ" मा फर्कनुहोस्
संसाधनहरु फेला पार्नुहोस्
रािÕůय असĉता बीमा योजना (National Disability Insurance Scheme) के हो ?
माथि फर्कनुहोस्
MiAccess © 2024
|
Privacy Policy
Built by
Whitetower Digital